Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

शेखर कोइरालालाई आफैँ संसदीय दलको नेता बन्न समूहमा दबाब

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, २५
शेखर कोइरालालाई आफैँ संसदीय दलको नेता बन्न समूहमा दबाब

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी सुरु भएको छ । सभापति शेरबहादुर देउवा आँफै दलको नेता बन्नेगरि आन्तरिक गृहकार्यमा जुटेको बेला शेखर कोइराला समूहले पनि यसबारेमा छलफल थालेको छ । पछिल्लो समय उक्त समूहबाट दलको नेतामा महामन्त्री गगनकुमार थापाले इच्छा देखाएका छन् । उनले चुनावअघि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए ।

चुनाव सकिएलगत्तै पनि उनी दलको नेताको चुनावको लागि गृहकार्यमा जुटेका छन् । थापालाई वरिष्ठ नेता शेखर कोइरालाको साथ रहने वा नरहने भन्नेबारे चर्चा भैरहेको बेलामा उक्त समूहबाट शेखरलाई नै दलको नेता बन्न दबाब सिर्जना भएको छ । यसैबीच कोइराला समूहले आज संसदीय दलको नेतामा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल थालेको छ।

अहिले काठमाडौंमा उक्त समूहका सांसदहरुको बैठक बसिरहेको छ । कतिपयले शेखरले दलको नेतामा गगनलाई समर्थन नगर्ने पनि चर्चा गर्न थालेका छन् । शेखरले सभापति देउवालाई नै दलको नेतामा सघाएर अब बन्ने सरकारमा उपप्रधान एवम् परराष्ट्रमन्त्री बन्न सक्ने पनि चर्चा चलेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स