विश्वकपको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने
जानकारी केन्द्र
२०७९, मंसिर, २६
काठमाडौं । विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने भएको छ। कतार फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको हो। आइतबार मात्र एडिडास कम्पनीले सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल सार्वजनिक गरेको हो।
यो बलको नाम ‘अल हिल्म’ राखिएको छ। अरेबिक भाषाको यो शब्दको अर्थ सपना भन्ने हुन्छ। यसअघि एडिडास कम्पनीले नै बनाएको ‘अल रिहला’ नामको बल प्रयोग हुँदै आएको थियो। नयाँ बलमासमेत अघिल्लो बलमा जस्तै सेन्सर प्रविधिको प्रयोग गरिएको छ। कतार विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरोक्को पुगेका छन्। सेमिफाइनलका दुई खेल मंगलबार र बुधबार हुनेछन्।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

