विश्वकप जित्ने सपनाको अन्त्य भयो- क्रिस्टियानो रोनाल्डो
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो सपनाको अन्त्य भएको बताएका छन्। आफ्नो करिअरको सबभन्दा ठूलो र महत्वाकांक्षी सपना पोर्चुगलका लागि विश्वकप जित्ने भए पनि त्यो सपनाको अन्त्य भएको उनले बताएका हुन्। कतारको अल थुमामा रंगशालामा शनिबार विश्वकप फुटबल प्रतियोगितामा मोरक्कोसँग पराजित भएपछि रोनाल्डो आँशु पुछ्दै मैदानबाट निस्किएका थिए।
उनका प्रशंसकहरू पनि उनको अवस्था देखेर भावविह्वल भए। आइतबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो सपनाको अन्त्य भएको बताएका हुन्। उनको स्टाटसको सारांश यस्तो छ, पोर्चुगलका लागि विश्वकप जित्नु मेरो करिअरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो। सौभाग्यवश मैले अन्तर्राष्ट्रिय स्तरका धेरै उपाधि जितेँ। तर आफ्नो देशको नाम विश्वको सबैभन्दा उच्च स्थानमा राख्नु मेरो सबैभन्दा ठूलो सपना थियो।
म यसका लागि लडेँ। यो सपनाका लागि कडा संघर्ष गरेँ। मैले मेरो सबै दिएर खेलेँ। मैले त्यो सपनालाई कहिल्यै छोडिनँ। दुःखको कुरा हिजो त्यो सपना समाप्त भयो। मेराबारे अहिले धेरै भनिएको छ, धेरै लेखिएको छ, धेरै अनुमान गरिएको छ। तर पोर्चुगलप्रतिको मेरो समर्पण एक क्षणका लागि पनि बदलिएको छैन। म सधैं हामी सबैको उद्देश्यका लागि लडिरहेको थिएँ र म मेरा सहकर्मी र मेरो देशबाट कहिल्यै पछाडि फर्किने छैन। अहिलेका लागि धेरै भन्नु छैन। धन्यवाद पोर्चुगल‘।।’
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

