समानुपातिकमा निर्वाचित हुने सांसदको सूची आज सार्वजनिक हुने
जानकारी केन्द्र
२०७९, मंसिर, २६
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची आज सोमबार सार्वजनिक गर्ने भएको छ । आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विभिन्न राजनीतिक दलहरूले बुझाएको सूची अनुसार निर्वाचित भएका सांसदको नाम आज आधिकारिक रुपमा सार्वजनिक गर्न लागेको हो।
आयोगका अनुसार समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउने समय आज सोमबार साँझ ४ बजेसम्मको छ। त्यसपछि प्रक्रिया पूरा गरेर नाम सार्वजनिक गर्न लागिएको हो।
नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए।
उनका अनुसार सोमबार सार्वजनिक गर्ने तयारी छ तर नभ्याइएमा मंगलबार घोषणा गरिनेछ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


