मलेसिया पुगेका एक युवक विमानस्थलबाटै बेपत्ता
काठमाडौं । मलेसिया पुगेका एक नेपाली विमानस्थलबाट कम्पनी जादा जाँदै बाटोबाटै बेपत्ता भएका छन् । रोजगारीका लागि मलेसिया पुगेका मकवानपुरका सोमर सिंह घलान विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटोबाटै हराएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार घलान गत ११ नोभेम्बरका दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारदाता कम्पनीको बसमा मलेसियाकै जोहोरबारुतर्फ जाँदै गर्दा हराएका हुन् । कम्पनीले उनलाई विमानस्थलबाट कम्पनीकै बसमा राखेर कार्यस्थल रहेको स्थान मलेसियाकै जोहोरबारु लगिरहेको बेला बेपत्ता भएको जनाएको छ ।
क्वालालम्पुर विमानस्थलबाट कम्पनीतर्फ जाँदा त्यहाँको कम्पुङ बेम्वानमा भन्ने ठाउँमा खान खान बस रोकेको, त्यसपछि बस सिँधै कम्पनीको होस्टेलमा पुगेपछि बसबाट झर्ने क्रममा उनी नभेटिएको दूतावासले जनाएको छ ।
कम्पनी प्रसाशनले दूतावासलाई उनी हराएको जानकारी गराएपछि दूतावासले पनि सूचना जारी गर्दै उनलाई कहीँ कतै देखे वा भेटेमा ०१६२४७२७७७ नम्बरमा फोन वा इमेल भयलपगबबिगिmउगच२mयाब।नयख।लउ मा जानकारी गराईदिन मलेसियामा कार्यरत सबैलाई अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


