मलेसियामा हत्या गरिएका दुई नेपाली गार्डको पहिचान खुल्यो, नेपाली नै पक्राउ
काठमाडौं । मलेसियाको सेरेम्बन शहरमा हथौडाले मुखै मुखमा हानेर दुई नेपाली सुरक्षा गार्डको हत्या अर्का एक नेपालीले नै गरेको भन्दै मृतक र अभियुक्तको पहिचान खुलाइएको छ । ती अभियुक्त नेपालीलाई अदालत समक्ष मलेसियन प्रहरीले पेश गरेको छ ।
समाचार अनुसार, हत्या गरिएका दुई सुरक्षा गार्डहरुमा ३५ वर्षीय मनोजकुमार चौधरी र ४६ वर्षीय कृष्णकुमार दमाई परियार रहेका छन् । उनीहरुलाई ओकल्याण्ड कमर्सियल सेन्टरको हाताभित्र स्थानीय प्रहरीले मृत अवस्थामा शव फेला पारेको थिए ।
प्रहरीले यी दुबैको हत्याको आरोपमा ३७ वर्षीय ठाकुरप्रसाद भण्डारीलाई पक्राउ गरेको छ । उनलाई घटना भएकै दिन घटनास्थलमै पक्राउ गरिएको थियो । प्रहरीले सार्वजानिक गरेको विवरण अनुसार हत्यामा प्रयोग भएको हथौडा पनि घटनास्थलमै बरामद गरिएको थियो ।
अभियुक्त भण्डारीलाई बुधबार अपरान्ह सेरेम्बन मेजिस्टट कोर्टमा पेश गरिएको थियो र मेजिष्टेट मोहमद इब्राहिम हेहम्मद घुलामको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको छ ।
अभियुक्त भण्डारीले के कारणले आफ्नै देशका दुई व्यक्तिको हत्या गरेका हुन् भन्ने कुरा खुलिसकेको छैन । तर, अदालत समक्ष उनी माथि हत्याको आरोप लगाउँदा उनले कुनै प्रतिवाद नगरेको र स्वीकार गरेको स्थानीय संचारमाध्यम द स्टारले लेखेको छ ।
घटना डिसेम्बर ३ तारिकको दिन विहान ९ बजेर ८ मिनेटदेखि ४ बजेर ४८ मिनेटको बीचमा भएको सो अखवारको समाचारमा जनाइएको छ । मृतकहरु दुबै जनाको नेपालको स्थायी ठेगानामा पनि स्पष्ट भइसकेको छैन । साभार स् डिसी नेपाल
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


