निगमका अध्यक्षको विदेश सयरले रोकियो आजदेखि हुने भनिएको भैरहवा उडान
काठमाडौं । नेपाल वायुसेवा निगमले तत्काल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नगर्ने भएको छ ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार सोमबारदेखि काठमाडौँ–दोहा–भैरहवा–काठमाडौँ सातामा दुई दिन र काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ साताको एक दिन उडान तालिका स्वीकृत गरेको थियो। तर, निगम सञ्चालक समितिको बोर्ड बैठक बस्न नसक्दा र सम्बन्धित गन्तव्यमा उडान गर्नका लागि ओभरफ्लाइङको अनुमति नपाउँदा उक्त गन्तव्यमा कहिलेदेखि उडान हुन्छ भन्नेबारे टुङ्गो लाग्न सकेको छैन।
नयाँ गन्तव्यमा उडान गर्नुअघि निगम सञ्चालकको बोर्ड बैठकले निर्णय गर्नुपर्ने भए पनि भैरहवामा उडानबारे निर्णय गर्न बोर्ड बैठक बस्न सकेको छैन। निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमले भैरहवामा उडान सुरु गर्न भारत, म्यान्मा, बङ्गलादेश, थाइल्यान्डलगायतका मुलुकसँग ओभरफ्लाइङ अनुमति लिने प्रक्रियामै रहेकाले पूर्वनिर्धारित समयमा भैरहवाबाट उडान सुरु गर्न नसकिएको बताईन्।
उनले भनिन् “भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले अध्ययन गरिसकेको छ। गन्तव्य विस्तारबारे बोर्डको बैठकबाट निर्णय हुन बाँकी रहेकाले सोमबारदेखि नै उडान सुरु हुँदैन।”
निगम स्रोतका अनुसार कार्यकारी अध्यक्ष युवराज अधिकारी देशबाहिर रहनुभएकाले बोर्ड बैठक बस्न सकेको छैन। आवश्यकता र विषयको महत्वको आधारमा निगमको बोर्ड बैठक बस्न सक्ने भए पनि नयाँ गन्तव्य विस्तारबारे निर्णय गर्न बैठक बस्न नसक्दा तत्काल भैरहवामा उडानबारे अन्योल देखिएको स्रोतले जनाएको छ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

