Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको भाउ घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, ५
सुनको भाउ घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज भने सामान्य घटेको हो । नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स