Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

संसदीय दलको नेताको चुनाव : देउवाविरुद्ध गगन भिड्ने, शेखर ब्याक भए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, ५
संसदीय दलको नेताको चुनाव : देउवाविरुद्ध गगन भिड्ने, शेखर ब्याक भए

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि आज उम्मेदवारी दिने कार्यतालिका छ । अहिले दिउँसो २ बजे दलको नेताको लागि उम्मेदवारी दिने कार्यतालिका तय गरिएको छ । संस्थापन पक्षबाट सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नै उम्मेदवार बन्ने भएका छन् ।

उता, संस्थापनइतर समूहबाट भने महामन्त्री गगनकुमार थापा लड्ने भएका छन् । यसअघि बसेको सो समूहको शीर्ष नेताहरुको बैठकले थापालाई दलको नेताको रुपमा अघि बढाउने निर्णय गरेको हो ।

गगनले आफ्नो समूहबाट दलको नेताको लागि एकल उम्मेदवारी दिने भएपछि अहिले शेखर समूहका नेताहरु सांसदहरुसँग निर्णायक छलफलमा जुटेका छन् । थापाले भने अब नेतृत्वमा हस्तक्षेप गर्ने भन्दै दलको नेतामा उठ्ने यसअघि नै घोषणा गरिसकेका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स