धादिङमा बस र माईक्रोबस ठोक्किँयो : एकको मृत्यु, १४ जना घाइते
जानकारी केन्द्र
२०७९, पुष, ६
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै बस र माईक्रोबस ठोक्किँदा एक जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् ।
भैरहवाबाट काठमाडौंका लागि छुटेको लु २ ख २६४४ नम्बरको बस र काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माईक्रोबस हिजो बेलुका एकआपसमा ठोक्कीएर दुर्घटना भएको हो ।
दुर्घटनामा माईक्रोबसमा रहेकी एक महिलाको ज्यान गएको र ज्यान गुमाउनेको परिचय नखुलेको धादिङका प्रहरी प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
दुर्घटनामा माईक्रोबसमा रहेका ११ जना र बसमा सवार ४ जना यात्रु घाइते भएका छन् । घाइते माईक्रोबसमा रहेका यात्रुलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । अरु सामान्य घाइतेको गजुरीमा उपचार भएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


