सिरियल किलर शोभराजलाई जेल मुक्त गरी ‘डिपोर्ट’ गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सिरियल किलरको रुपमा चार्चित अपराधी चाल्र्स शोभरजलाई छाड्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई कैदबाट मुक्त गर्न आदेश दिएको हो ।
यस्तै, आदेश भएसँगै १५ दिनभित्र उनको आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । आदेशमा वृद्धको सुविधा दिएर छाड्न भनिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उनी हत्याको आरोपमा जेलमा रहँदै आएका थिए ।
हत्यासहितका विभिन्न अपराधमा सजाय काटिरहेका शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले बुधबार आदेश दिएको हो । ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा चाल्र्स शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । कुख्यात अपराधी शोभराजलाई रिहा गर्न भन्दै २०७७ पुसमै बन्दी प्रत्यक्षीकरण रिट परेको थियो ।
करिब एक वर्षपछि मात्रै उनी जेलबाट रिहा भएर देश फर्किने भएका हुन् । ७८ वर्षीय शोभराजले २०७७ पुस ७ गते कैद छुटको माग गर्दै रिट दायर गरेका थिए । जेष्ठ नागरिक ऐन अनुसार ७५ वर्ष पूरा भएकालाई ७५ प्रतिशत कैद छुट दिइने व्यवस्था छ ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

