सांसद रवि लामिछानेको शपथ नरोकिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्यको शपथ नरोकिने भएको छ।
शपथ रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चको संवैधानिक इजलासले तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि बिहीबारका लागि तय भएको शपथ हुने भएको हो।
यद्यपि अदालतले अन्तरिम छलफलका सम्बन्धमा दुवै पक्षलाई बोलाएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। इजलासले अन्तरिम छलफलमा झिकाउने आदेश लिखित रूपमा सार्वजनिक गरेको छैन।
चितवन–२ बाट निर्वाचित लामिछानेले विदेशी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उम्मेदवार हुन अयोग्य व्यक्तिको शपथ रोक्न माग गर्दै दुईवटा रिट सर्वोच्च अदालतमा दायर भएका थिए।
लामिछानेको उक्त विवाद यसअघि निर्वाचन आयोगमा उजुरी परे पनि आयोगले उम्मेदवारी रद्दको निर्णय गरेको थिएन।
निर्वाचनको कार्यतालिकाको अन्तिम समयमा उक्त उजुरी परेपछि आयोगले माग गरेको स्पष्टीकरण नै निर्वाचन सम्पन्न भइसकेपछि लामिछानेले पेस गरेका थिए । निर्वाचन सम्पन्न भइसकेको भन्दै आयोगले निर्णय गरेको थिएन।
आयोगले निर्णय नगरेपछि लामिछानेको नागरिकता छानबिनको मागसहित गृह मन्त्रालयमा समेत निवेदन परेको थियो। गृहले उक्त विषयको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई तोकेको छ।
प्रहरीले नागरिकता र राहदानी विवादमा छानबिन गरिरहेको
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


