काठमाडौंको तापक्रम वर्षकै कम, ४.८ डिग्री सेल्सियसमा झर्यो
काठमाडौँ । देशभर चिसो क्रमशः बढ्दै गएको छ । चिसोसँगै तापक्रम घट्दो क्रममा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४।८ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस थियो ।
यसअघि, गएको मंसिर २६ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम ५।४ डिग्री सेल्सियस थियो । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६।५ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ६।१ डिग्री सेल्सियस थियो ।
महाशाखाका अनुसार आज वीरेन्द्रनगरको न्यूनतम तापक्रम २।९, भैरहवाको ३, डडेलधुराको ३।१, दिपायलको ४।५, ताप्लेजुङको ५।७, धनगढीको ६।२, ओखलढुंगाको न्यूनतम तापक्रम ६।६ डिग्री सेल्सियस छ ।
महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


