तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
जानकारी केन्द्र
२०७९, पुष, ८
काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।,
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार २ सय रुपैयाँले नै घटेर तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ रहेको छ ।
महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार ९ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


