जब साउथ फिल्मका ५ नायिका सेक्स रैकेटमा समातिए
एजेन्सी । चलचित्र जगत जति आकर्षक र चम्किलो देखिन्छ, त्यति नै यस उद्योगमा धेरै रहस्य छन् जसले उद्योगलाई धेरै पटक बदनामीको अन्धकारमा धकेलिएको छ ।
सिने जगतसँग जोडिएका नायिकाहरूले आफ्नो उत्कृष्ट अभिनयले इन्डस्ट्रीको नाम उचाइमा पु¥याएका छन् भने केही यस्ता नायिका पनि छन् जसले उद्योगको नाम बदनाम गरेका छन् ।
आज हामी तपाईलाई दक्षिण भारतीय चलचित्रमा काम गरि देह व्यापारको दलदलमा फसेका ५ यस्ता अभिनेत्रीको बारेमा बताइरहेका छौँ ।
शर्लिन चोपडा सधैं आफ्नो बोल्ड स्टाइलका कारण चर्चामा रहने गर्छिन् । उनले सन् २००२ मा तमिल फिल्म ‘विश्वविद्यालय’बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । अभिनेत्रीले तमिल बाहेक तेलुगु र हिन्दी फिल्ममा पनि काम गरिसकेकी छिन् ।
एडल्ट म्यागजिन प्लेब्वाईका लागि नग्न फोटोशूट गर्ने शर्लिन पहिलो भारतीय महिला हुन् । शर्लिन रियालिटी शोमा पनि देखिएकी छिन् । शर्लिन चोपडाले आफ्नो पुरानो अन्तर्वार्तामा आफूले पैसाको लागि सेक्स गर्ने गरेको खुलासा गरेकी थिइन् ।
श्वेता बसु बलिउड तथा साउथ फिल्मकी चर्चित अभिनेत्री हुन् । उनले आफ्नो करियर बाल कलाकारको रुपमा सुरु गरेकी थिइन् । शबाना आजमीसँग सन् २००२ मा रिलिज भएको उनको हिन्दी फिल्म ‘मकडी’ले हलचल मच्चाएको थियो ।
यस फिल्मबाट उनले उत्कृष्ट बाल अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी थिइन् । सन् २००५ मा रिलिज भएको फिल्म ‘इकबाल’मा पनि उनको अभिनयले राम्रो प्रशंसा भएको थियो ।
सन् २०१४ मा हैदराबादको बंजारा हिल्समा प्रहरीले छापा मार्दा प्रहरीले श्वेतालाई सेक्स रैकेटमा पक्राउ गरेको थियो । यद्यपि श्वेताले पछि यो घटनामा आफू दोषी नभई पीडित भएको बताएकी थिइन् । श्वेता नेटफ्लिक्सको ‘रे’ वेब सिरिजमा देखिने भएकी छिन् ।
बलिउडमा शाहरुख खानको फिल्म ‘चलते–चलते’ र ‘ओम शान्ति ओम’मा काम गरिसकेकी नायिका ऐश अन्सारीले पनि साउथ फिल्ममा काम गरिसकेकी छिन् । सन् २०१० मा प्रहरीले उनलाई जोधपुरको एक होटलबाट पक्राउ गरेको थियो । उनी देह व्यापारमा संलग्न थिइन् । यो र्याकेट अनलाइनबाट चल्ने गर्दथ्यो ।
मोडल तथा दक्षिण भारतीय अभिनेत्री भुवनेश्वरी तमिल र तेलुगु फिल्ममा देखा परेकी थिइन् । भुवनेश्वरी सन् २००८ मा रिलिज भएको फिल्म ‘कुरकुरे’ मा मुख्य भूमिकामा देखिएकी थिइन् । उनको नाम पनि सेक्स रैकेटमा आएको थियो ।
रिपोर्टका अनुसार सन् २००२ मा एक नेतासँग झगडा भएपछि उनलाई वेश्यावृत्तिको कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । जेलबाट बाहिर आएपछि सन् २००३ मा उनले ‘ब्वाईज’ नामक फिल्ममा वेश्याको भूमिका निभाएकी थिइन् ।
कारोलिन मारिया असन एक तमिल अभिनेत्री हुन् । उनले तमिल फिल्ममा साइड रोल गरेका छन् । सन् २०१२ मा प्रहरीले उनलाई पुणेको विमान नगरस्थित पाँचतारे होटलबाट पक्राउ गरेको थियो । अभिनेत्री सेक्स रैकेटमा संलग्न थिइन् ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


