माया बिक्दैन ! विवाहका लागि ३५ लाखको अफर, युवतीले गरिन् प्रस्ताव अस्वीकार
एजेन्सी । प्रेमलाई जबरजस्ती गर्न सकिँदैन न पैसाले किन्न सकिन्छ भन्ने भनाई तपाईले धेरै पटक सुन्नु भएको होला । आजको संसारमा तपाईले धेरै पटक केटीहरूलाई पैसाको लागि ठूलाहरूसँग फ्लर्ट गरेको देख्नु र सुन्नु भएको छ, तर यदि कसैले मायाको खातिर पैसालाई ठक्कर दियो भने यो कुरा साँच्चै चकित हुन्छ । यस्तै एउटा कथा अहिले चिनियाँ सामाजिक सञ्जालमा हेडलाइन बनेको छ ।
यो कथा चीनको नानचाङ सहरको हो । जहाँ एउटी युवतीले विवाहको बदलामा ३५ लाख रुपैँया पाउँदै आएकी थिइन् तर उनले त्यसलाई ठाडै अस्वीकार गरिन् । चाखलाग्दो कुरा के छ भने केटीले सोही केटासँग बिहे गरेकी छिन् तर पैसा लिनुको सट्टा उल्टो दिएकी छिन् ।
केटीको थर झोउ भनिएको छ र उनको कथा चीनमा निकै भाइरल भइरहेको छ किनभने यहाँ केटीहरूले राम्रो पैसा पाएर बिहे गर्छन् र यी युवतीले मायाको लागि पैसा लिन इन्कार गरिन् ।
युवतीले दाइजो लिन गरिन् अस्वीकार
युवतीले विवाहको बदलामा आफ्नो पतिबाट ३५ लाख रुपैयाँ दिने प्रस्ताव अस्वीकार गरेकी छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार झोउको विश्वास छ कि पैसा प्रेमको आधार होइन ।
युवतीले आफ्नो मंगेतरसँग मायालु जीवन बिताउन चाहेको र राम्रो भविष्यका लागि मिलेर काम गर्ने बताइन् । दुवैले ब्लाइन्ड डेटमा भेटेका थिए र केही महिनाको कुराकानीपछि मात्रै उनीहरुले विवाह गर्ने निर्णय गरेका थिए ।
विवाहअघि हौले आफ्नी भावी श्रीमतीका लागि केही उपहार र पैसाको प्रस्ताव राखेका थिए, जसलाई उनले स्वीकार गर्न अस्वीकार गरिन् ।
उल्टो बेहुलीले दुलहालाई दिए पैसा
सुनेर तपाईलाई अलि अनौठो लाग्न सक्छ तर चीनमा लैङ्गिक असन्तुलनका कारण केटाको तर्फबाट केटीलाई दाइजो दिइन्छ । यसमा उपहार र नगद दिइन्छ । यही चलन अनुसार युवतीले हौबाट ३५ लाख पाउँदै थिइन्, जुन उनले प्रेमको कारण अस्वीकार गरिन् ।
उनले इन्गेजमेन्टको औँठी पनि लिइनन् तर ऋण तिर्न होउलाई २१ लाख ५१ हजार रुपैयाँ दिएकी छन् । उनले आफ्नो सबै बचत भावी श्रीमानलाई दिएकी हुन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


