नेम्वाङ कि शाक्य, को बन्ला अबको राष्ट्रपति ?
काठमाडौं । एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आफुले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ ।
एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ । सभामुख पद प्रधानमन्त्रीसँगै आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ ।
‘अहिले सरकार गठनमा मात्रै सहमति जुटेको छ । बाँकी पदमा छिटै छलफल गरी निष्कर्षमा पुग्नेछौं,’ एमालेका एक नेताले भने । राष्ट्रपति चयनको समय अझै एक महिनाभन्दा बढी छ । तर, यसअघि राष्ट्रपति’दयगत धेरै चर्चा भएकाले एमालेबाट मुलुकको सर्वोच्च पदमा को जान्छन् भन्ने चासो बढेको हो ।
एमालेका ती नेताका अनुसार, राष्ट्रपतिका लागि तीन जनाभन्दा बढी नेताको नाममा छलफल हुने सम्भावना छ । एमाले स्रोतका अनुसार एमालेबाट राष्ट्रपतिका लागि उपाध्यक्ष सुवास नेम्वाङको बढी सम्भावना छ ।
यसैगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि उतिकै सम्भावना रहेको बताइन्छ । समकालीन राजनीतिमा शाक्य तुलनात्मक लामो अनुभव र संघर्ष गरेकी नेत्री हुन् । दोहोरिएर एमाले उपाध्यक्ष रहेकी शाक्य गत वर्ष एमाले विभाजन हुँदा ओलीलाई साथ दिएकी थिइन् ।
दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाइने संवैधानिक व्यवस्थाका कारण विद्यादेवी भण्डारी यो कार्यकाल पूरा गरेपछि बिदा हुँदै छिन् । एमालेबाट सुवास नेम्वाङ धेरै सम्भावना भएको नेतामा पर्ने एमालेका एक नेता बताउँछन् । ‘पार्टीभित्रको भूमिका र विगतको अनुभवले पनि उहाँ उपयुक्त नेता हो,’ ती नेता भन्छन् ।
संविधानसभाका अध्यक्ष र सभामुखमा लामो अनुभव बोकेका नेम्वाङले आफैं पनि उक्त पदमा जान इच्छुक देखिन्छन् । यसैगरी एमालेले आफ्नो पार्टीभित्र रहेका अन्य केही पुराना र दलित जनजातिका नेतालाई पनि राष्ट्रपति बनाउन सक्ने स्रोतको दाबी छ ।
स्रोतका अनुसार एमाले अनुशासन आयोगका अध्यक्ष रहेका अमृतकुमार बोहोरा पनि राष्ट्रपतिका बलिया दाबेदार हुन् । आजको राजधानी दैनिकमा खबर छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


