Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

प्रधानमन्त्री दाहाल पनि देउवाकै पथमा, ज्योतिषसँग साइत जुराएर बालुवाटार प्रवेश गर्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १३
प्रधानमन्त्री दाहाल पनि देउवाकै पथमा, ज्योतिषसँग साइत जुराएर बालुवाटार प्रवेश गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयले भने बालुवाटार प्रवेश गर्नुअघि ज्योतिषीसँग साईत जुराएको कुरा बाहिर आएको छ ।

दाहालको सचिवालयले ज्योतिषी टीकाराम घिमिरेसँग साइत मागेको हो । उनले आज साँझ ५ बजेको साइत जुराईदिएका छन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनै ज्योतिष घिमिरेसँग हेराएर बालुवाटार प्रवेश गरेका थिए ।

अहिले दाहालले देउवाको पथ पछ्याएको चर्चा छ ।

Top Changing Nepal

युट्युब सट्स