गुडिरहेको जिप अनियन्त्रित भइ दुर्घटना : एक युवाको मृत्यु, २ जना घाइते
जानकारी केन्द्र
२०७९, पुष, १६
बुटवल । गएराती साढे दुई बजे बुटवलमा सडक दुर्घटनामा परी प्यूठानका एक यूवाको मृत्यु भएको छ । गुडिरहेको डबल क्याप जिप अनियन्त्रित भइ दुर्घटना हुँदा गौमुखी गाउँपालिका १ प्यूठानका २८ वर्षीय रोशन गिरीको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
लुम्विनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक गेट अगाडि अनियन्त्रित भएर ग १ ज ६३६७ नम्बरको जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा परी सोही ठाउँका २९ वर्षीय सुरेश तामाङ र २९ वर्षकै मिनबहादुर तामाङ घाइते भएका छन् । प्रहरीका अनुसार गम्भीर अवस्थामा रहेका सुरेशको यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

