रोनाल्डो साउदी क्लब अल नसरमा विश्व कीर्तिमानी मूल्यमा अनुबन्धित
एजेन्सी । पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नसरमा अनुबन्धित भएका छन् । म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७।७ करोड पाउन्डमा सम्झौता गरेका हुन् ।
रोनाल्डोको तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै भनिएको छ । रोनाल्डोलाई यसअघि साउदीकै अर्को क्लब अल हिलालले पनि भित्र्याउने प्रयास गरेको थियो तर सफल भएन । अन्ततः रोनाल्डो साउदीकै नासरसँग अनुबन्ध भएका छन् । रोनाल्डो अनुबन्ध भएको क्लब साउदीको चर्चित क्लब हो ।
जसले ९ पटक साउदी लिग जितेको छ । रोनाल्डोलाई भित्र्याएपछि क्लबले नयाँ इतिहासको सुरु भएको बताएको छ । रोनाल्डोले पनि क्लबमा आबद्ध भएपछि फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् ।
रोनाल्डो गत वर्ष युनाईटेड फर्किएका थिए । तर, मुख्य प्रशिक्षक एरिक टेन हागसँगको विवादपछि रोनाल्डोले केही समयअघि मात्रै म्यान्चेस्टर युनाइटेड छोडेका थिए । पाँच पटकको बालेन डी’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए । यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए ।
उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए । रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए ।
युभेन्ट्सबाट उनी पुनः ओल्ड ट्राफोर्ड आएका थिए । तर, यस पटक उनको बसाई सुखद रहेन । रोनाल्डोले दोस्रो बसाइमा युनाईटेडका लागि ४० प्रिमियर लिगमा १९ गोल गरेका थिए ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


