Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

तोलामा ९ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १९
तोलामा ९ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज सुनको भाउ ९ सय रुपैयाँले बढेको छ। सोमबार तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रति तोला १ लाख २ हजार ६ सयमा कारोबार भईरहेको हो।

छापावाल सँगै तेजाबी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुन व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८७ हजार ९ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८७ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स