१९ वर्षीया युवतीले गरिन् ७० वर्षीय बाबासँग विवाह
एजेन्सी । भनिन्छ, माया गर्नेले मात्रै माया बुझ्न सक्छ । त्यस्तै एउटा उखान प्रसिद्ध छ कि प्रेम अन्धो हुन्छ । यो उखानलाई एक पाकिस्तानी जोडीले अहिले सहि सावित गरेका छन्, जसको प्रेम कथा अहिले निकै चर्चित छ । आफूभन्दा ५१ वर्ष जेठो व्यक्तिलाई कसैले कसरी विवाह गर्न सक्छ भन्ने थाहा पाउन मानिसहरु अन्योलमा छन् ।
विवाहमा ५र६ वर्षको अन्तर हुनु नौलो कुरा होइन् । तर, यो अन्तर ५१ वर्ष भयो भने यस्तो विवाहलाई के भन्नुहुन्छ रु यतिखेर पाकिस्तानमा हजुरबुवा र नातिनी जस्तो देखिने श्रीमान् श्रीमतीको यो जोडी चर्चामा छन् । यो जोडीको अन्तर्वार्ता पाकिस्तानको एक युट्युब च्यानलमा भाइरल भएको छ ।
सम्मान र मर्यादाको लागि ‘प्रेम’
पाकिस्तानी युट्युबर सैयद बासित अलीले यो प्रेम कथालाई विश्वसामु राखेका छन्, जुन १९ वर्षीया शुमैला र ७० वर्षीय लियाकत अलीको कथा हो । उनीहरुको भेट लाहोरमा बिहानको पैदल यात्राको क्रममा भएको थियो ।
शुमाइला भन्छिन्, प्रेमले उमेर हेर्दैन । उनका परिवारका सदस्यले पनि सुरुमा यो सम्बन्धमा आपत्ति जनाए पनि पछि राजी भए । शुमाइला आफै भन्छिन् कि विवाहमा सबै कुरा भन्दा माथि सम्मान र मर्यादा हुन्छ । यस्तो अवस्थामा नराम्रो सम्बन्ध भन्दा सही व्यक्तिसँग बिहे गर्नु राम्रो हुन्छ ।
बुढा श्रीमान श्रीमतीको खानेकुरामा रमाउँछन्
लियाकत ७० वर्षको भए पनि मनले निकै जवान भएको बताउँछन् । उनलाई आफ्नी श्रीमतीको खाना यति मन परेको छ कि उनले रेस्टुरेन्टमा खान छाडेका छन् ।
अर्कोतर्फ ५१ वर्षको भिन्नताका सम्बन्धमा कानुनले कसैलाई विवाह गर्न दिने हो भने बूढो वा जवान हुने प्रश्न नै नरहेको उनको भनाइ छ । यस जोडीको अगाडि पनि सैयद बासितले पाकिस्तानमा धेरै उमेरको अन्तरको विवाहका कथा सुनाएका थिए ।
सम्बन्धित समाचार
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

