मेस्सीलाई ‘गार्ड अफ अनर’ प्रदान
एजेन्सी । विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी ले गार्ड अफ अनर प्रदान गरेको छ । विश्वकप पछि प्रशिक्षणमा फर्किएका मेस्सीलाई क्लबले उच्च सम्मान गरेको हो ।
घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा नेइमारसहित सहकर्मी खेलाडीहरुले उभिएर मेस्सीलाई सम्मान गरेका गरेका थिए भने खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरेका थिए ।
पीएसजीकै सहकर्मी खेलाडी तथा फ्रेन्च फर्वाड किलियन एम्बाप्पे भने समारोहमा अनुपस्थित थिए । प्रशिक्षणमा फर्किएपछि मेस्सीले आफूलाई गरेको स्वागतका लागि क्लबलाई धन्यवाद दिए ।
कीर्तिमानी ७ पटकका बालोन डिुओर विजेता मेस्सीको कप्तानीमा अर्जेन्टिनाले हालै कतारमा सम्पन्न विश्वकप फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकप जितेको हो । मेसीले विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल समेत जितेका थिए ।
सन् २०२१ मा बार्सिलोनाबाट फ्रि एजेन्टमा फ्रान्स पुगेका मेस्सीले कम्तिमा २०२३–२४ सिजन पीएसजीमा खेल्ने योजना बनाएका छन् । गार्ड अफ अनर सम्मानलाई खेलकुदमा विशिष्ट सम्मानमा रूपमा लिइन्छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


