Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

गृहमन्त्री लामिछानेको पहिलो रिटको सुनुवाइ सकियो, दोस्रोको हुँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २२
गृहमन्त्री लामिछानेको पहिलो रिटको सुनुवाइ सकियो, दोस्रोको हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछाने सांसद् हुन अयोग्य रहेको भन्दै नागरिकता विवादमा परेको २ रिटमाथि आज सर्वोच्च अदालतमा भएको सुनुवाइ भइरहेको छ।

जसमध्ये एक रिटको सुनुवाइ सकिएको छ भने अर्को रिटको सुनुवाइ हुँदैछ। रविराज बासुलाले दायर गरेको रिटको सुनुवाइ सकिएको हो। सर्वोच्च अदालतले रिटमा मागदाबी गरिएअनुसार अन्तरिम आदेश जारी गरेमा लामिछाने सांसद र मन्त्री हुन पाउने छैनन्। अन्तरिम आदेश जारी नभएको अवस्थामा भने उनको पद यथावत् रहने छ।

कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको इजलासमा उनको मुद्धा पेशी तोकिएको छ। युवराज पौडेल र रविराज बासुलाले उम्मेद्वार बन्न नै अयोग्य रहेको जिकिर गरेर सर्वोच्चमा रिट हालेका थिए।

naima expoTop Changing Nepal

युट्युब सट्स