कांग्रेस पनि सरकारमा सहभागी होला त ?
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएसँगै राजनीतिमा नयाँ तरंग पैदा भएको छ । आफू नेतृत्वको गठबन्धन तोडेर एमालेको पहलकदमीमा प्रचण्ड मुलुकको ४४औं प्रधानमन्त्री नियुक्त भएपछि धेरैले अब कांग्रेस–माओवादीबीच पानी बाराबार हुने आँकलन गरेका थिए । तर, प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएर विश्वासको मत लिने बेलासम्म कांग्रेस र माओवादीबीच असाधारण सम्बन्ध सुधार भएको छ ।
प्रधानमन्त्री दाहाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विश्वासको मत माग्न नै पुगे । देउवाले पनि मत दिने सकारात्मक जवाफ दिए । र, प्रधानमन्त्रीले विश्वासको मत लिने दिन पुष २६ गते देउवाले पदाधिकारी, कार्यसम्पादन समिति हुँदै संसदीय दलको बैठक राखेर दाहाललाई विश्वासको मत दिने निर्णय गराए । प्रधानमन्त्री दाहालले कांग्रेससहित २६८ सांसदहरुको मत पाए । कतिपयले देउवाको उक्त कदमलाई सत्तामा फर्कने अस्त्रको रुपमा लिएका छन् ।
कतिपयले भने मुलुक संकटमा भएकोले सहमतिको राजनीति सुरु भएको भनेर देउवाको प्रशंसा पनि गरेका छन् । प्रधानमन्त्री दाहालले हिजो गोरखामा आयोजित एक कार्यक्रममा आफू नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिएका छन् । प्रधानमन्त्री दाहालको उक्त भनाई बाहिर आएसँगै के कांग्रेस पनि यो सरकारमा सहभागी हुँदैछ रु भनेर चासो र चर्चा सुरु भएको छ । कांग्रेसकै प्रभावशाली नेताहरु भने अहिले कांग्रेस सरकारमा सहभागी नहुने बताउँछन् ।
प्रधानमन्त्री दाहाल र देउवाबीच राष्ट्रपति कांग्रेसलाई दिनेबारे उच्चस्तरको समझदारी भएको चर्चा पनि छ । प्रधानमन्त्री दाहाल भने आजरभोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिने पक्षमा छन् । राष्ट्रपतिको निर्वाचन त माघ अन्तिसम्म हुनेछ । कांग्रेसको विश्वासको मत किन र के को लागि थियो भन्ने हेर्न राष्ट्रपतिको निर्वाचनसम्म कुर्नुपर्ने छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


