आकर्षक रोजगारीको प्रलोभनमा परी ओमान पुगेका २४ नेपाली अलपत्र
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी ओमान पुगेका २४ नेपाली युवा अलपत्र परेका छन् । विगत चार महिनाअघि ओमान पुगेका उनीहरूले सम्झौता अनुसारको कम्पनी नभेटिएको बताएका छन् ।
अल कौसर ह्युमन रिसोर्स प्रा।लि।का सञ्चालक अबुदल्ला ए टाक्सन र काजी मियाबाट १५० ओमानी रियल ९करिब ५० हजार नेपाली रुपैयाँ० मासिक तलब दिने आश्वासन पाएर प्रति व्यक्ति १ लाख ५५ हजार हजारसम्म बुझाएर ओमान आएको उनीहरूले बताएका छन् ।
राम्रो कमाई हुने भन्दै ओमानको अल नसीम इन्जिनियरिङ् सर्विसेस कम्पनीको बिल्डिंग कन्ट्क्शनको कामका लागि भनेर पठाए पनि यहाँ आउँदा कम्पनी नै नभेटिएपछि एक सप्लाई कम्पनीमा काम गर्न थालेको र तीन महिना काम गरेपछि एक महिनाको तलब मात्रै पाएको उनीहरूले बताएका छन् ।
ओमानस्थित नेपाली दूतावासलाई समस्या बारे जानकारी गराए पछि दूतावासले कम्पनीलाई आफूहरूको समस्या समाधान गर्न एक हप्ताको समय दिएको भए पनि दुई हप्ता बितिसक्दा पनि कुनै सुनुवाइ नभएको पीडितहरूले बताएका छन् ।
आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

