सुनवलमा भ्यान र ट्रक ठोक्किँयो : एकको मृत्यु, एक जना घाइते
जानकारी केन्द्र
२०७९, पुष, २९
काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनवल नगरपालिका–४ स्थित जंगलमा ना ४ च ९६३१ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आइरहेको ना ५ ख ९७१५ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पिकअप भ्यानका चालक चितवन भरतपुर महानगरपालिका १४ शिवनगरका ५२ वर्षीय राजकुमार विकको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते विकलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भरतपुर महानगरपालिका–१४ शिवनगरका शिव श्रेष्ठको रुपन्देहीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


