राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा स्वाथ्य मन्त्रालय पनि, को बन्छ मन्त्री ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसको लागि आज उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ५ घण्टा लामो छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्ड भर्खरै बालकोटबाट बाहिरिएका छन् ।
आज साँझ सत्ता गठबन्धनको बैठक डाकिएको छ । ओलीसँगको भेटमा प्रधानमन्त्री दाहालले मन्त्रालय भागबण्डाबारे करिब करिब सहमति जुटाएका छन् । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार अहिले सर्वाधिक चासोका साथ हेरिएको स्वास्थ्य मन्त्रालय भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । रास्वपाले यसअघि नै शिक्षा र स्वास्थ्य मन्त्रालय मागेको थियो ।
तर, प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको सहमतिबमोजिम रास्वपालाई स्वास्थ्य मन्त्रालय दिईएको हो । रास्वपाबाट स्वास्थयमन्त्रीको लागि दुई जनाको नाम चर्चामा छ । ललितपुर–३ बाट जितेकी डा। तोसिमा कार्की र समानुपातिक सांसद डा। चन्दा कार्कीले स्वास्थ्य मन्त्रालयमा आफ्नो दाबी पेश गरेका छन् । सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री छन् । उनले पार्टीभित्र छलफल गरेर नै सहमतिको आधारमा मन्त्री बनाउने बताईसकेका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


