Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

डा.  सन्दुक रुइतलाई १० लाख डलरको इसा अवार्ड प्रदान गरिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ४
डा.  सन्दुक रुइतलाई १० लाख डलरको इसा अवार्ड प्रदान गरिने

काठमाडौँ । डा .  सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन् । बहराइन सरकारले १० लाख अमेरिकी डलर राशीको उक्त अवार्ड प्रशिद्ध नेत्र चिकित्सक डा। रुइतलाई प्रदान गर्ने निर्णय गरेको हो।

मंगलबार बहराइनको राजधानी मनमामा आयोजित एक कार्यक्रमका बीच सन् २०२३ का लागि उक्त अवार्ड डा. रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो।

डा. रुइतलाई मानव कल्याणका लागि पुर्‍याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको बहराइन सरकारले जनाएको छ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स