Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

प्रचण्डको फोनपछि देउवा संसदीय दलको बैठकमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ४
प्रचण्डको फोनपछि देउवा संसदीय दलको बैठकमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलको बैठकमा सहभागी भएका छन्।

आज प्रतिनिधि सभाको सभामुख निर्वाचनका लागि उम्मेद्‍वारी मनोनयन गर्न कार्यतालिका रहेको र कांग्रेस प्रधानमन्त्री प्रचण्डको ‘ग्रीन सिंगन्ल’ नपाउँदा बिहानैदेखि अलमलमा परेको थियो।

अहिले सभापति देउवालाई प्रधानमन्त्री प्रचण्डको फोन आएपछि सभामुख उम्मेदवारीका विषयमा ठोस निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बसेको छ।

कांग्रेसले सभामुखको उम्मेदवारको बारेमा छलफल गर्न बिहान पदाधारी बैठक डाकेको थियोभने त्यसअघि सभापति देउवाले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।

सभामुख मनोनयनको समयसीमा आज अपराह्न ४ बजे सकिदैंछ। यसअघि एमालेले सत्ता गठबन्धनबाट देवराज घिमिरेलाई आफ्नो उम्मेदवारमा अघि सारेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स