Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

न्युजिल्याण्डकी प्रधानमन्त्रीले दिइन् राजीनामा, भनिन्-  ‘नेतृत्व गर्ने हिम्मत छैन’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ५
न्युजिल्याण्डकी प्रधानमन्त्रीले दिइन् राजीनामा, भनिन्-  ‘नेतृत्व गर्ने हिम्मत छैन’

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रधानमन्त्री‍ पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले आगामी महिना न्युजिल्याण्डको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री आर्डर्नले एक कार्यक्रमलाई सम्बोधन गर्दै ७ फेब्रुअरी आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने जानकारी दिइन् ।

गत ६ वर्ष चुनौतीपूर्ण पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनको भनाइ छ । राजीनामाको घोषणा गर्दै जसिन्डाले भनिन्( ‘अब समय आएको छ । मसँग अर्को ४ वर्ष नेतृत्व गर्ने हिम्मत छैन ।’

न्युजिल्याण्डमा आगामी १४ अक्टोबरमा आम निर्वाचन हुँदैछ । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डर्न विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन् ।

Top Changing Nepal

युट्युब सट्स