राष्ट्रपतिमा सहमति खोज्ने कोसिस जारी राख्छौँः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्ने बताएका छन् । बिहीबार सभामुखको चुनावपछि संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोसिस जारी राख्ने बताएका हुन् ।
उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताए। उनले उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रियाअनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताए।
उनले भने, ‘आज सभामुखको निर्वाचन भयो। सबै कुरा थाहा पाउनुभयो। हामी सत्ता साझेदार दलहरु सबै एकठाउँमा उभियौँ। प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो। प्रतिष्पर्धा भयो। बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो।उपसभामुखको निर्वाचन पनि आजकै प्रक्रियामा हुन्छ। राष्ट्रपतिको कुरा बाँकी रहेको छ। हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोसिस छ। हामी त्यो कोसिस जारी राख्छौँ।’
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


