Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

खुकुरी प्रहारबाट एक जनाको हत्या, एक गम्भीर घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ६
खुकुरी प्रहारबाट एक जनाको हत्या, एक गम्भीर घाइते

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहिबार खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथी खुकुरी प्रहार गरेका थिए ।

भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए । गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ ।

मृतक बुढाथोकीको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । हत्याको कारण खुल्न सकेको छैन । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स