नारायणगढ- मुग्लिन सडक दैनिक ४ घण्टा ठप्प, एक महिनासम्म यात्रुले भोग्नेछन् सास्ती
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक रुपमा ४ घण्टा ठप्प हुने भएको छ । सो सडकमा पुल निर्माणका लागि पहाड काट्ने क्रम नसकिएपछि पुनः दैनिक रुपमा सडक आवागमन बन्द गरेर काम जारी राखिने भएको हो ।
कहिले बाटो विस्तारका लागि त कहिले पुल निर्माणका लागि भन्दै यो सडकमा आवागमन ठप्प पार्दा हजारौँ यात्रु र मालवाहक सवारी आवागमनमा सास्ती हुँदै आएको छ ।
पटक पटक पहाड काट्नाले पहिरो गएर समेत बेलाबेला सडक अवरुद्ध हुने गर्छ । उसै पनि सवारीको चापका कारण यस सडकखण्डमा जाम हुने हुनाले यात्रुहरुलाइ सास्ती त छँदै छ । अझ निर्माण कार्यका लागि सडक बन्द गर्दा जाम झन बढ्ने गरेको छ ।
एक महिनाघि पनि सोही पुल निर्माण्का लागि सडक दैनिक रुपमा बन्द गरिएको थियो । सडक आवागमन बन्द गरेर निर्माण गर्दा काम प्रभावकारी भएको भन्दै बाँकी काम पनि छिटो सक्काउन पुनः सडक बन्द गरी निर्माण कार्य गर्न लागिएको सो सडक योजना कार्यालयले जनाएको छ ।
यस पटक भने दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिने कार्यालयले जनाएको छ । यसअघि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक बन्द गरिँदै आएकोमा काठमाडौँबाट बाहिरिने हजारौँ सवारीका लागि समय असहज भएकाले भन्ने यातायात व्यवसायीहरुको गुनासो आएपछि समय परिवर्तन गरिएको आयोजना कार्यालयका किरण कार्कीको भनाइ छ ।
सडक बन्द गर्ने बारे गृहमन्त्रालयमा समेत छलफल भएको र सोही निर्णय अनुसार अघि बढ्न लागेको उनले बताए । आजै ९शुक्रबार० देखि एक महिनासम्म दैनिक ४ घण्टा सो सडकखण्ड बन्द रहनेछ । तर बन्द भएका बेला पनि अत्यावश्यक सवारी, एम्बुलेन्स लगायत पैदलयात्री भने आवागमन गर्न पाउनेछन् ।
हाल चार स्थाानमा पुल निर्माणको काम भइरहेको छ । सिमलताल पुल र कालीखोला पुल निर्माण गरिने स्थानमा पहाड काटेर सकिएको छ भने तुइनखोला पुल र चिसेन्जीखोला पुल निर्माण गरिने ठाउँमा पहाड काट्ने काम अझै बाँकी रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


