Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

स्वतन्त्र पार्टीबाट इन्दिराले उपसभामुखमा उम्मेद्‍वारी दिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ६
स्वतन्त्र पार्टीबाट इन्दिराले उपसभामुखमा उम्मेद्‍वारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगरले प्रतिनिधिसभाको उपसभामुखमा उम्मेद्‍वारी दिने भएकी छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले मगरलाई उपसभामुखमा अघि सार्ने निर्णय गरेको हो।

झापाकी मगर समानुपातिक सांसद हुन्। सत्ता गठबन्धनको भागबन्डामा रास्वपालाई उपसभामुख दिने समझदारी बनिसकेको छ।

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

उपसभामुखको निर्वाचन भोलि हुँदैछ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स