क्लबले पनि तोड्यो अल्भेससँगको सम्झौता
काठमाडौँ । ब्राजिलियन डिफेन्डर डानी अल्भेस यौन दुर्व्यवहार आरोपमा पक्राउ परेपछि मेक्सिकन क्लब पुमासले उनीसँगको सम्झौता रद्द गरेको छ । गत डिसेम्बरमा बार्सिलोनाको एक नाइट क्लबमा दुर्व्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेपछि पुमासले अल्भेससँगको सम्झौता तोडेको हो ।
पुमासले तत्काललाई लागू हुनेगरी सम्झौता रद्द गरिएको जनाएको छ । बार्सिलोनाका पूर्व डिफेन्डर अल्भेसले ३९ वर्षको उमेरमा गत कतार विश्वकपमा ब्राजिलियन टिमबाट विश्वकप खेलेका थिए । २०२२ को डिसेम्बर ३० मा उनले महिलालाई यौन दुर्व्यवहार गरेको बताइएको छ ।
शुक्रबार प्रहरीमा उपस्थित भएका अल्भेसले आरोप अस्वीकार गरेका छन्। उनले नाइट क्लबमा उपस्थित भए पनि आफूले दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।
उनले प्रहरीसमक्ष भनेका थिए, ‘म नाच्नका लागि शौखिन छु । साथीहरूसँग नाइट क्लब गएको हो, नाचेको पनि हो तर कुनै महिलालाई यौन दुर्व्यवहार गरेको छैन । म ती महिलालाई चिन्दिनँ पनि जसले आरोप लगाएकी छिन् ।’
सम्बन्धित समाचार
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

