हर्क साम्पाङले घर माथि चलाए डोजर, स्थानीय बासिन्दाले गरे ढुंगामुढा
धरान । धरान उपमहानगरपालिकाले आज सार्वजनिक जग्गा मिचेर बनाइएका घर र संरचना माथि डोजर चलाएको छ । उपमहानगरले आइतबार डोजर लगाएर भत्काएको हो ।
नगर प्रमुख हर्क साम्पाङको निर्देशनमा अतिक्रमण गरी बनाइएका घर भत्काउने अभियान थालिएको छ । आज आइतबार ठूलो संख्यामा सुरक्षाकर्मीसहित डोजर लगाएर वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गामा निर्मित घर भत्काइएको हो ।
सो क्रममा केही बेर स्थानीयबासी र सुरक्षाकर्मी बीच झडप समेत भएको छ । झडपका कारण डोजरको सिसा फुटेको र केही स्थानीय व्यक्ति घाइते भएको जनाइएको छ । ठूलो संख्यामा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले तत्कालै स्थिति नियन्त्रणमा लिएका थिए ।
धरान ५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा नगरपालिकाले बहुजातीय रंगशाला बनाउने निर्णय गरेको छ । सो सार्वजनिक क्षेत्रमा अतिक्रमण गरेर पक्की घर बनाएपछि उक्त संरचना आज हटाइएको हो ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


