युरोपेली संघकी आयुक्त उर्पिलाइनेन बुधवार नेपाल आउँदै
काठमाडौँ । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघकी आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउने भएकी छन्। उनी एक दिने भ्रमणका लागि २६ माघमा काठमाडौं आइपुग्ने नेपालस्थित युरोपेली संघको दूतावासले जनाएको छ ।
आयुक्त उर्पिलाइनेनले काठमाडौँमा शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने र केही महत्वपूर्ण विषयहरुमा सम्झौता गर्ने कार्यक्रम रहेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि युरोपबाट हुन लागेको यो पहिलो उच्चस्तरको भ्रमण हो ।
केही दिनअघि अमेरिकी उप(विदेश मन्त्री काठमाडौं आएकी थिइन्। यसै साताभित्र अमेरिकी परियोजना युएसएआईडीकी प्रमुख तथा अमेरिकी सुरक्षा समितिकी सदस्य समन्था पावर पनि नेपाल आउने कार्यक्रम रहेको छ । अमेरिकाबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण भइरहेको अवस्थामा युरोपेली संघबाट पहिलो उच्चस्तरीय भ्रमण हुन लागेको हो ।
आयुक्त उर्पिलाइनेनले आफ्नो भ्रमणको क्रममा डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्कहरू बढाउन र विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान लगायतका कार्यक्रमहरु अघि बढाउने पनि जनाएकी छन् ।
‘हाम्रो साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा संलग्न हुन नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु। रुस(युक्रेन युद्धले नेपाल लगायत विश्वमा खाद्य सुरक्षामा विनाशकारी परिणाम ल्याएको छ,’ आयुक्त उर्पिलाइनेनलाई उदृत गर्दै काठमाडौंस्थित ईयु दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘म हाम्रो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्न तत्पर छु। आफ्ना साझेदारहरुसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्कहरू बढाउन र विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीहरूलाई सुदृढ गर्न ईयु सकारात्मक छ ।’
नेपालले सन् २०२६ मा अल्पविकसित देशको (एलडीसी) स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको बेला आयुक्त उर्पिलाइनेनको भ्रमण महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


