टर्की- सिरिया भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ८ हजार नजिक
एजेन्सी । टर्की र सिरियामा सोमबार आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार नजिक पुगेको छ । टर्कीमा हालसम्म ५,८९४ जनाले आफ्नो ज्यान गुमाएका छन् जबकि ३४,८१० जना घाइते छन् । यस्तै, सिरियामा २,०३२ जनाले ज्यान गुमाएका छन् । टर्कीमा भूकम्पका कारण करिब ६ हजार भवन ध्वस्त भएका छन् जबकि सिरियामा ४ सय घर पूर्ण रूपमा ढलेका छन् भने १२२० भन्दा बढी भवनमा क्षति पुगेको छ ।
यस्तै, टर्कीमा तीन महिनाको लागि आपत्काल लागू गरिएको छ । यहाँ सबै स्कुल १३ फेब्रुअरीसम्म बन्द गरिएको छ । यति मात्रै होइन सबै सरकारी भवनलाई सेल्टर होम बनाइएको छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले हालसम्म ७० देश र १४ अन्तर्राष्ट्रिय संगठन मद्दतका लागि अग्रसर भएका छन् । टर्कीमा १० हजार कन्टेनरलाई सेल्टर होम बनाउने तयारी गरिएको छ ।
मेक्सिकोको चर्चित रेस्क्यू डगले टर्कीमा भग्नावशेषमा दबिएका मानिसको खोजी गर्न मद्दत गरिरहेको छ । मेक्सिको आफ्नो तालिमप्राप्त र विशेष खोजी कुकुरका लागि परिचित छ । १६ वटा कुकुरको समूह मेक्सिकोबाट उद्धार कार्यका लागि टर्की पुगेका छन् ।
टर्कीमा हिउँ परिरहेको छ । यस्तोमा उद्धार कार्यमा निकै समस्या भइरहेको छ । यति मात्रै होइन खराब मौसमका कारण हेलिकोप्टर पनि ल्यान्ड हुन सकिरहेको छैन । भूकम्पका कारण टर्की–सिरिया कोरिडोर पनि ध्वस्त भएको छ । यस्तोमा सडक मार्गमार्फत मद्दत पुर्याउन गाह्रो भइरहेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


