Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

एक सातासम्म यी क्षेत्रमा दैनिक ४ घण्टा लोडसेडिङ हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २६
एक सातासम्म यी क्षेत्रमा दैनिक ४ घण्टा लोडसेडिङ हुने

बुटवल । बुटवल आसपासका क्षेत्रमा आज देखी एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले जारी गरेको सुचना अनुसार बिहिबारदेखी एक सातासम्म बत्ती जाने जानकारी दिएको हो ।

महाशाखाका अनुसार कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७स्०० बजेदेखि ११स्०० बजेसम्म बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुनेछ ।

सट डाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकता अनुसार गार्हस्थ्य फिडरहरूमा बत्ती जाने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स