Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

भ्यालेन्टाइन डे’का दिन महत्वपूर्ण ब्रत, यसरी पुजा गर्दा हुनेछ फलिफाप

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २६
भ्यालेन्टाइन डे’का दिन महत्वपूर्ण ब्रत, यसरी पुजा गर्दा हुनेछ फलिफाप

एजेन्सी । भ्यालेन्टाइन डे’को दिन हिन्दु धर्मका अनुयायीहरुले महत्वपूर्ण ब्रत मनाउँदैछन् । महिला तथा अविवाहित युवतीले यो ब्रत बस्ने गर्दछन् । हिन्दू क्यालेन्डरका अनुसार यो जानकी जयन्ती २०२३ फागुन कृष्ण अष्टमीका दिन मनाइनेछ, जुन यस वर्षको फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे’का दिन पर्दैछ ।

धार्मिक ग्रन्थका अनुसार माता सीता फागुन कृष्ण अष्टमी मितिमा प्रकट भएकी थिइन् । त्यसैले यस तिथिमा सीता जयन्ती ९जानकी जयन्ती० मनाइन्छ । यस तिथिलाई सीता अष्टमी पनि भनिन्छ ।

यस दिन माता सीता र भगवान रामको पूजा गर्नाले सबै दुःख हट्ने जनविश्वास छ । जानकी जयन्तीमा भगवान राम र सीताको पूजा गर्ने भक्तमा भगवान विष्णु र माता लक्ष्मीको कृपा रहिरहन्छ ।

जानकी जयन्तीमा यसरी गर्नुहोस् पुजा
यस दिन बिहान उठेर मर्यादा पुरुषोत्तम राम र माता सीतालाई नमन गर्नुहोस् । दैनिक अनुष्ठान पूरा गरेपछि गंगामा स्नान गर्नुहोस् वा यदि तपाईं गंगामा नुहाउन असमर्थ हुनुहुन्छ भने, गंगाको पानीमा मिसाएको पानीले नुहाउनुहोस् ।

आचमन गरेर आफुलाई पवित्र बनाउनुहोस् र रातो रङ्गको कपडा लगाउनुहोस् । पूजाघरमा श्रीराम जानकीको तस्बिर राख्नुहोस् । मातालाई श्रृंगार सामग्री चढाउनुहोस् । फल, फूल, दुर्वा अर्पण गर्नुहोस् ।

पूजास्थलमा भगवानको लागि दियो एवम् धूप बाल्नुहोस् । आरती गरेर सुख, समृद्धिको कामना गर्नुहोस् र भगवानको अगाडि आफ्नो इच्छा व्यक्त गर्नुहोस् । दिनभर ब्रत बस्नुहोस् र साँझ आरती पछि फलफूल खानुहोस् ।

naima expoTop Changing Nepal

युट्युब सट्स