Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

नेपाललाई नामिबियाले दियो २८६ रनको लक्ष्य, माइकल भान लिगेनको शतक प्रहार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २
नेपाललाई नामिबियाले दियो २८६ रनको लक्ष्य, माइकल भान लिगेनको शतक प्रहार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शृखंलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले भान लिगेनको शानदार शतक प्रहारमा नेपाललाई २८६ रनको लक्ष्य दिएको हो ।

भान लिगेनले १३३ रन बनाए । नामिबियाले ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनाएको हो । नेपालका लागि करण केसीले ५ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै, नेपालका लागि सोमपाल कामी र कुशल मल्लले पनि एकरएक विकेट लिन सफल भए ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स