Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

जुम्लामा ट्याक्टर दुर्घटना :  एकको मृत्यु, पाँच जना घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ४
जुम्लामा ट्याक्टर दुर्घटना :  एकको मृत्यु, पाँच जना घाइते

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पातारासी–२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोरा रहेका छन् । घाइते हुनेहरुमा पातारासी–३ का २९ वर्षीय सुर बुढा, १२ वर्षीया सरिता बोहोरा, ५० वर्षीय लोग बहादुर बोहोरा, ३० वर्षीया मायादेवी बोहोरा र ५० वर्षीय परेक बोहोरा रहेको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था सामान्य भएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शव पोस्टमार्टमका लागि अस्पताल ल्याइँदै गरिएको अवस्था र ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स