Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

माइकलको शतकीय साझेदारीमा स्कटल्याण्डले दियो नेपाललाई २७५ रनको लक्ष्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ५
माइकलको शतकीय साझेदारीमा स्कटल्याण्डले दियो नेपाललाई २७५ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालसँग खेलिरहेको स्कटल्याण्डले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ् गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन जोडेको हो।

स्कटल्याण्डका माइकल लेस्कले ८५ बलमा १ सय ७ रन जोडे। त्यस्तै ज्याक जर्भिसले ३८ बलमा २६ रन जोड्दा ब्रान्डमा मेकमुलेनले २६ बलमा २२ रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ विकेट, सोमपाली कामी, कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले समान १र१ विकेट लिएका छन्।

Top Changing Nepal

युट्युब सट्स