फ्रेन्च लिगमा पीएसजीको शानदार जित
काठमाडौँ । फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले शानदार जित निकालेको छ। पीएसजीका मुख्य तिन फरवार्डले गोल गरेपछि पाहुना टोली लिल ४–३ ले पराजित भयो । पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा एमबाप्पेले दुई तथा नेयमार र लियोनल मेस्सीले एक एक गोल गरे। लिलका लागि बाफोड डियाकिट, जोनाथन डेभिड र जोनाथन बाम्वाले गोल फर्काएका थिए ।
खेलको ११औं मिनेटमा नेयमारको पासमा एमबाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १७औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर पारे । खेलको २४ औं मिनेटमा बाफोड डियाकिटले गोल गर्दै खेललाई लिललाई खेलमा फर्काएका थिए। ५८औं मिनेटमा जोनाथन डेभिडले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
खेलको ६९ औँ मिनेटमा जोनाथनले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । तर खेलको ८७औं मिनेटमा एमबाप्पेले व्यत्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई रोमाञ्चक ३–३ को बराबरीमा ल्याए। इन्ज्युरी समयमा मेस्सीले रोमाञ्चक गोल गर्दै टोलीलाई ४–३ को जित दिलाए । जितसँगै शीर्षस्थानको पीएसजीको २४ खेलबाट ५७ अंक जोडेको छ ।
गएराति नै भएको अर्को खेलमा मोनाकोले ब्रस्टलाई २–१, लोरियन्टले अजासियोलाई ३–०, रेनेसले क्मिोन्टलाई १–०, मोन्टीपिलरले ट्रोयसलाई १–०, लेन्सले नान्टेसलाई ३–१ ले तथा मार्सेलीले टोउलोसलाई ३–२ ले हराए ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

