लगनखेलमा पुरुषले आफैलाई लगाए आगो, कीर्तिपुरमा उपचार हुँदै
जानकारी केन्द्र
२०७९, फाल्गुन, १२
काठमाडौं । ललितपुरको लगनखेलमा आत्मदाहको प्रयास भएको छ । हिजो साँझ ललितपुरको विद्युत प्राधिकरण भवन अघिल्तिर एक जना पुरुषले शरीरमा आगो लगाएका हुन् ।
साँझ साढे ७ बजेतिर लगनखेलको प्राधिकरण क्वार्टरमा बस्दै आएका उद्धव पराजुलीले शरीरमा मट्टितेल खन्याएर आगो लगाएको बताइन्छ । प्राधिकरणमा कार्यरत श्रीमतीसँग उनी क्वार्टरमा बस्दै आएका थिए ।
श्रीमतीकै अघिल्तिर आगो लगाएका उनको शरीरको ४० प्रतिशत भाग जलेको छ । आफन्त र प्रहरीको सहयोगमा आगो निभाएपछि उनलाई उपचारार्थ पाटन अस्पतालमा लगिएको थियो ।
पछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ । तर आत्मदाहको प्रयास किन गरे भन्ने कारण नखुलेकाले अनुसन्धान भइरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

