सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भयो : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिनु आफूलाई मात्रै प्रहार नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको टिप्पणी गरेका छन् । माओवादी धाराका ८ दलको बैठकमा प्रचण्डले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जानुपर्ने बताए
माओवादी धाराका सबै नेताहरूले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जाने निर्णय भएको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले बताए । ‘आठ पार्टीहरू छलफल भयो । सङ्क्रमणकालीनमुद्दाहरु साझा विषय बनाएर जाने विषयमा समझदारी भयो । सबैको जोड सङ्क्रमणकालीन न्यायका काम छिटो टंगो लगाउनु पर्छ भन्ने भयो’ ओलीले भने, ‘सङ्क्रमणकालीन न्यायकाविरुद्ध जाने विषय सह्य हुने छैन । त्यसका विरुद्ध एक जुट भएर प्रतिवाद गर्ने छौँ ।
अहिले नै माओवादी धाराहरू एकता गरेर जाने अवस्था भने नरहेको प्रचण्डले बताएका छन् । ‘अहिले नै एकता गरेर जाने विषयमा कुरा नगरौँ । सयुक्त मोर्चा कार्यगत एकता गरेर जानुपर्छ’ प्रचण्डको भनाई उदृढ गर्दै ओलीले भने । प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई तत्काल टुङ्गो लगाएर जान सबैले सहयोग गर्नुपर्ने बताएको ओलीले बताए ।
सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

