Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

किरण चेम्जोङ बने भारतीय आईलिगका उत्कृष्ट गोलकिपर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २९
किरण चेम्जोङ बने भारतीय आईलिगका उत्कृष्ट गोलकिपर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भारतीय आईलिगमा उत्कृष्ट गोलकिपर घोषित भएका छन् । आईलिगमा पञ्जाब एफसीबाट खेलेका किरण आइतबार राति सम्पन्न लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका हुन् ।

किरणको टिम पञ्जाबले एक खेल बाँकी हुँदै लिग उपाधि जितेको थियो । च्याम्पियन बनेसँगै किरणको टिम पञ्जाब इन्डियन सुपर लिग आईएसएलमा बढुवा भएको छ ।

पञ्जाबले सन् २०१७र१८ पछि पहिलो पटक उपाधि जितेको हो । अघिल्लो वर्ष गोकुलम केरलाले उपाधि जितेको थियो । आईलिगमा किरण यसअघि पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

Top Changing Nepal

युट्युब सट्स