प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णय, छिट्टै सरकारमा सहभागी हुने
जानकारी केन्द्र
२०७९, चैत्र, ५
काठमाडौं । नेपाली कांग्रेसले छिट्टै सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भोलि विश्वासको मत दिने र सरकारमा पनि छिट्टै सहभागी हुने निर्णय गरेको हो ।
प्रधानमन्त्री दाहालले भोलि (सोमबार) संसद्मा विश्वासको मत लिने कार्यतालिका छन । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने भएको हो । सो क्रममा सभापति शेरबहादुर देउवाले पनि समावेशिताको आधारमा सबैको भावनालाई समेटेर मन्त्री बनाईने बताएका थिए ।
उनले सबै प्रदेश तथा समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने वचन दिएका छन् । यस्तै, आजैबाट कांग्रेसले प्रतिपक्षको बेञ्च छाड्ने भएको छ । आजैबाट कांग्रेसले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


