साउथका यी कलाकार हुन् अर्बपति, कसको कति छ सम्पत्ती ?
एजेन्सी । रजनीकान्त, चिरञ्जीवी, नागार्जुन जस्ता धेरै कलाकारहरु अहिले चुनिएका फिल्महरु मात्र गरिरहेका छन् । उनीहरुले फिल्मका लागि ठूलो पारिश्रमिक लिने गरेका छन् । आज हामी रजनीकान्त, चिरञ्जीवी र मोहनलाल जस्ता कलाकारहरू सम्पत्ति कति छ भन्ने कुरा जानकारी गराउँदैछौं ।
चिरञ्जीवी
चिरञ्जीवीसँग दक्षिण भारतीय अभिनेताहरूमध्ये सबैभन्दा धेरै सम्पत्ति रहेको छ । तेलुगु सिनेमाका मेगास्टार चिरञ्जीवीसँग हैदरावादको जुबली हिल्समा २८ करोड रुपैयाँको विलासी भिला रहेको छ । चिरञ्जीवीको कुल सम्पत्ति १६५० करोड रुपैयाँ रहेको छ ।
नागार्जुन
पछिल्लो ३५ वर्षदेखि हिन्दी, तमिल, तेलुगु र कन्नड भाषाका १०० भन्दा बढी फिल्ममा काम गरिसकेका नागार्जुनको कुल सम्पत्ति ९५० करोड रुपैयाँ छ । उनीसँग धेरै लक्जरी कार छन् । यस बाहेक उनको हैदरावादमा करोडौंको आलिशान बंगला छ ।
रजनीकान्त
थलाइवा भनेर चिनिने रजनीकान्तले एउटा फिल्मका लागि १५० करोड पारिश्रमिक लिन्छन् । सिए नलेजका अनुसार दिग्गज अभिनेताको ४३० करोड रुपैयाँको सम्पत्ति छ । उनको चेन्नईको पोश एरिया पोस गार्डेनमा विलासी बंगला छ । उनीसँग रोल्स रोयस फ्यान्टम, मर्सिडिज बेन्ज जी वैगन, ल्याम्बोर्गिनी उरुस जस्ता महँगो गाडीहरू छन् ।
कमल हसन
सुपरस्टार कमल हसन ३८८ करोडको सम्पत्तिका मालिक हुन् । सन् २०२२ मा उनको फिल्म विक्रमले सफलताको झण्डा फहरायो । त्यसपछि अब उनले आफ्नो शुल्क पनि बढाएका छन् । मिडिया रिपोर्टका अनुसार कमल हसनले आफ्नो आगामी फिल्मका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् ।
मोहनलाल
मेगास्टार मोहनलाललाई कुनै परिचयको आवश्यकता छैन । यस मलयालम सुपरस्टारको कुल सम्पत्ति ३७६ करोड भारु अनुमान गरिएको छ । चलचित्रका अलावा मोहनलालले व्यापारबाट पनि राम्रो कमाइ गर्छन् । सन् २००७ मा मोहनलालले आफ्नो कम्पनी टेस्ट बड्सको बहुमतको साथ कोच्चिमा एउटा होटल खोलेका थिए । उनको आफ्नै फिल्म निर्माण र वितरण कम्पनी म्याक्सल्याब इन्टरटेनमेन्ट पनि रहेको छ ।
ममूटी
मलयालम सुपरस्टार ममूटी विगत पाँच दशकदेखि साउथका दर्शकको मनमा राज गर्दै आएका छन् । उनको कुल सम्पत्ति ३४० करोड रुपैयाँ अनुमान गरिएको छ । उनी मलयालम कम्युनिकेशनका अध्यक्ष हुन् । यो कम्पनीले धेरै टिभि च्यानलहरू सञ्चालन गर्दछ । यस बाहेक उनले आफ्नो ममूटी कम्पनीको ब्यानरमा फिल्म पनि निर्माण गर्छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


